गण्डकी प्रदेश : १०९ संक्रमित थपिए, दुई जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

६ मंसिर, गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०९ कोरोना संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं १३ का ७९ वर्षीय पुरुष र पर्वतको मोदी गाउँपालिका वडा नं ६ का ६१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकीमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १४१ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १० हजार ९३६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म छ हजार २१४ जना निको भएका छन् भने सक्रिय संक्रमितको सङ्ख्या चार हजार ५८१ पुगेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •