काठमाडौं । कोरोना भाइरस विश्वभर तीव्र गतिमा फैलिरहेको छ । जसको कारण हरेक व्यक्तिले आफ्नो रोगप्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न प्रकारका औषधिको सेवन गरिरहेका छन् ।
जोसँग रोग प्रतिरोधात्मक क्षमता बढी छ, उसले भाइरसलाई हराउने सम्भावना अधिक हुन्छ। जसको कमजोर छ उसलाई भाइरसले धेरै गलाउन सक्छ। कोभिडबाट मात्र होइन, सबै खाले स्वास्थ्य समस्याबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउनु जरूरी छ। तर धेरै जसोलाई प्रतिरोधात्मक क्षमता के हो र यसलाई कसरी बढाउने भन्नेबारे थाहा छैन।
हाम्रो जीवनमा रोग प्रतिरोधी क्षमता बढाउन र आफ्नो शरीरलाई स्वस्थ राख्न एकदमै जरुरि छ । शरीरमा रोग लागे पछी यसबाट बच्ने उपाय खोज्न थाल्नु भन्दा रोग लाग्नु भन्दा अगाडिनै सावधानी अपनाएर रोग लाग्न बाट बच्ने उपाय थाहापाउनु एकदमै उत्तम हुन्छ । रुघाखोकी, ज्वरो लगायत विभिन्न रोगहरुको संक्रमणदर उच्च हुन्छ ।
कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुमा यस्ता रोगको संक्रमण छिटै हुने गर्छ । त्यसैले, यस्ता रोगको संक्रमण नहोस् भन्नाका लागि सबैभन्दा पहिलो शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन जरुरी छ । र, शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन खासै कठिन पनि छैन । यस्ता खानेकुराको नियमित सेवनले मात्र पनि शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन सकिन्छ ।
१. दैनिक व्यायाम:

आफूलाई एक्टिभ र तन्दुरुस्त राख्नका लागि दैनिक व्यायाम गर्नुपर्छ। व्यायाम गर्नाले मानिसको ब्लड सर्कुलेसन, इम्युन सिस्टमको कार्यलाई सही तरिकाले काम गर्न मद्दत गर्छ।
२. गुर्जो:
![]()
गुर्जोका पातले एनीमिया पनि कम गराउँछ । यसमा घिय्यू र मह मिसाएर रगतको कमी हुनबाट बचाउँछ । पहेँले रोग लागेमा समेत गुर्जोको पात निकै फाइदाजनक हुन्छ । यसलाई चुर्णको रुपमा खान सकिन्छ । कसैले
यसको पातलाई पानीमा उमालेर पिउन सकिन्छ । साथै, गुर्जोेको पातलाई पिसेर महमा मिसाएर खान सकिन्छ ।
३. हस्तउत्तानासनः

सास तान्दै दुवै हातलाई कानबाट सिधा माथि लगेर तन्काउने र आँखाले हल्का माथि हेर्ने।
४. पादहस्तानासनः

सास छोड्दै निहुरिएर घुँडा नखुम्च्याइ हातले भुइँ छुने र टाउको, निधारले घुँडा छुने प्रयास गर्ने।
५.राम्रो निन्द्रा:

हाम्रो शरिरमा सुतेको बेलामा हर्मोनको उत्पादन निकै धेरै हुने गर्छ, त्यसैले तनावलाई कम गर्नका लागि आवश्यक मात्रामा निदाउनु जरूरी हुन्छ। मानिस जति सुत्छ, उति नै तनावबाट छुटकारा पाउन सफल हुन्छ।








