कोरोना भाइरसको संक्रमणबाट सुर्खेत र बाँकेमा दुई जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टिकापुर नगरपालिका वडा नं. १ कैलालीका ६० वर्षीय पुरुषको शनिबार राति १ बजे मृत्यु भएको हो ।
सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको हो । कैलालीका पुरक्ष कार्तिक १४ गते प्रि–आइसोलेसन वार्डमा भर्ना भएका थिए । उनमा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।











