Ad #144479

कर्णाली प्रदेशमा सामाजिक विकास र पर्यटनमन्त्री फेरिने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जोगाउन अविश्वास प्रस्तावबाट पछि हटेका माधव नेपाल समूहका दुई जनालाई सामाजिक र पर्यटनमन्त्री बनाउन लागिएको हो ।

वर्तमान सामाजिक विकास मन्त्री दलबहादुर रावल र पर्यटनमन्त्री नन्दसिंह बुढा हट्ने भएका छन् । उनीहरुको ठाउँमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापा मन्त्री बन्न लागेका हुन् । सामाजिक विकास, पर्यटन र रिक्त रहेको भौतिक पूर्वाधार मन्त्रालयमा पनि नयाँ मन्त्री नियुक्त गर्न लागिएको हो । बैंकिङ कसुरमा फसेपछि भौतिक पूर्वाधारमन्त्री खड्क खत्रीले यसअघि नै पदमुक्त भएका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज मन्त्रिमण्डल तीन जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद फेर्न लागेका हुन् । अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतकमा सीता नेपाली र सचेतकमा कुर्मबहादुर शाहीलाई नियुक्त गरेका थिए ।