एजेन्सी । फाटेको दूधलाई काम नलाग्ने मानेर धेरैले फ्याँक्ने गर्छन् । तर, फाटेको दूधको पनि विभिन्न परिकार बनाएर प्रयोगमा ल्याउन सकिन्छ ।
प्राय जाडोमा भन्दा गर्मी समयमा दूध फाट्ने समस्या एकदमै धेरै हुन्छ । दूध फाटेपछि त्यसको कुनै प्रयोजन रहँदैन भनेर धेरैले त्यसलाई फ्याँक्ने गर्छन् । तर दूध फाट्यो भने त्यो अन्य कामका लागि प्रयोग हुन सक्छ ।
फाटेको दूध छालाका लागि एकदमै फाइदाजनक हुन्छ । यसलाई छालाका लागि कसरी प्रयोग गर्ने भन्नेबारे धेरैजनालाई थाहा छैन । सबैभन्दा पहिले फाटेको दूधलाई सेलाउनु होस् । त्यसपछि फाटेको दूधको पानीले आफ्नो मुख धुनुहोस् । यसले छालालाई नरम र ओसिलो राख्छ । साथै फाटेको दूधले छाला दागरहित रहन्छ । फाटेको दूधमा माइक्रोबियल तत्व गुण हुन्छ र यसले शिर र छालाको पिएचलाई सन्तुलित राख्छ ।
-
कपालमा स्याम्फु प्रयोग गर्न अघि फाटेको दूधले धुनुहोस् । साथै स्याम्पु प्रयोग गरिसकेपछि पनि फाटेको दूधलाई कपालमा लगाएर १० मिनेट जति राख्नुहोस् ।
-
फाटेको दूधलाई असिनेको अन्डामा राखेर खानसमेत सकिन्छ । यसरी खाँदा स्वादिष्ट त हुन्छ नै, यसले शरीरमा पौष्टिक तत्वको कमी हुन पनि दिँदैन ।
-
फाटेको दूध र दहीबाट बटरमिल्क बनाउन सकिन्छ । त्यसका लागि दही र फाटेको दूध राम्रोसँग फिट्ने र त्यसमा जिराको धुलो राखेर पिस्ने ।
-
साथै जुसमा फाटेको दूध मिसाउनाले त्यसले दूधको पौष्टिकता बढाउँछ । यस्ता पानी पिउनाले शरीरलाई प्रशस्त प्रोटिन प्राप्त हुन्छ ।
-
रोटीका लागि आटा मोल्ने समयमा पानीको सट्टामा फाटेको दूध प्रयोग गर्नु भयो भने यसले रोटीलाई नरम र पौष्टिक बनाउँछ ।
-
यसलाई चकलेट मिल्कको रूपमा तयार पारेर पिउन सकिन्छ । त्यसका लागि फाटेको दूधमा कोक पाउडर र चिनी राम्रोसँग मिलाएर तयार पार्नुपर्छ । यसरी तयार गरिएको चकलेट मिल्क निकै स्वादिष्ट हुन्छ ।
[sidebar name="button post"]









