वि.सं.२०७८ साल असोज २४ गते । आइतबार । तपाईंको आजको राशिफल
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:-
काम बढेपनि आम्दानी भने न्युन हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदिबहिनीसँग सानो सानो कुरामा बिवाद सिर्जना हुनेछ । पढाईलेखाईमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनी सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछी परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:-
पढाईलेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशि रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो हुनेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:-
व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्रपंतिमा तपाईंको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरीरमा आउनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’ :-
आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले कामहरु बन्नेछन् । पढाईलेखाईमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनेत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा बिलाशी वस्तुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको शिलशिलामा यात्रा गर्न सकिने समय रहेकोछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:-
घरायसी समस्या एक्कासी बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग टाडिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाईने छैन । कृषि तथा सहकारी व्यावासायमा भने मनग्गे आम्दानी हुने योग रहेकोछ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनी नतिजाको लागी केही समय कुर्नु नै पर्नेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:-
पढाईलेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धी कमाउन सकिनेछ । समाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने दाजुभाई तथा बन्धुबान्धबको सहयोग पाईने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:-
नयाँ प्रकृतिको व्यावसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरु जोड्न सकिनेछ । काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेशा व्यावसायमा समय खर्चिनेहरुका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन,उत्तम बस्त्र तथा बिलाशी वस्तुको प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेकोछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:-
राजनीति कर्मीहरुका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । बिद्यार्थी वर्गहरुका लागी मेहनेत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा बिलाशिताका सर सामान प्रयोग गरी अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखी बिछोड भएका मित्रहरुसँग भेट हुनाले दिन रमाईलो गरी बिताउन सकिनेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:-
समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । तयारी बिना नै महत्वपूर्ण काम शुरु गर्दा बिग्रनेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरुका आजको दिन टाडै रहनु उपयूक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मानमुटाव सिर्जना हुनेछ । तरपनि विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।
मकर‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:-
पछिसम्म फाईदा हुने व्यापार व्यावसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरु तिब्र गतिमा सञ्चालन हुनेछन् । स्रोतसाधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिनेछ । बैंक तथा बित्तिय पेशासँग सम्बन्धीत कामहरुबाट आम्दानी बढाउन सकिनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:-
राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रसस्त आम्दानी हुनाले आर्थिक स्थिती सुदृड हुनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:-
बौद्धिकताकोा प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ भने उत्तम बस्त्र,मनपर्ने तथा बिलाशि बस्तु हात लागी हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।








