थप ७६० जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

२३ असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,१६८ पीसीआर परीक्षणमा ६३६ र ५,८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९९ जना निको भएका छन् भने ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित १५ हजार ३४० जना छन् ।

[sidebar name="button post"]