Ad #144479

आज वि.सं. २०७८ साल असाेज १९ गते। मंगलबार । तपाईंको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):

महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ ।घरायसी र पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । प्रेममा शंकाले चिन्ता बढाउनेछ । मौसमी बिसञ्चोपना देखिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):

विपरित लिंगीबाट विशेष सहयोग मिल्नेछ । नयाँ योजनामा काम अगाडि बढ्नेछ । दाजुभाईको सहयोग हुनेछ । काममा व्यस्तता बढ्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा):

आर्थिक पक्ष राम्रो बन्नेछ । कुल कुटुम्बबाट धनको प्राप्ति हुनेछ । मिठो वाणीले प्रभाव पार्ने छ । इष्टमित्र भेटघाट हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

पारिवारिक पुनर्मिलनको योग छ । साथीभाइसँग मनोरन्जनमा धन खर्च हेुनेछ । हतारमा काम बिग्रिनेछ । नयाँ जिम्मेवारीले बढी दौडधुप बढ्नेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

मनमा हर्ष,उमङ्ग र उत्साह रहला । पदोन्नतीको योग छ । सामान हराउन सक्नेछ । यात्रामा तनाव हुनेछ । व्यवसायमा क्षति बेहोर्नु पर्ने छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो):

व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।कृषि खाद्यान्नबाट फाइदा हुनेछ । मित्रबाट धनसम्पति जोहो हुनेछ । नयाँ काममा फाईदा मिल्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):

बोलीको प्रभाव बढे पनि अनर्थ लाग्न सक्छ, सचेत रहनुहोला । नयाँ जिम्मेवारी थपिनेछ । पुरानो लेनदेनको काम बन्नेछ । रोजगारको बाटो देखिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):

उपहार प्राप्त होला ।कृषि काममा सन्तोष मिल्नेछ । धर्म कर्ममा व्यस्तता बढ्नेछ । स्थान परिवर्तन हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

अधुरो काम पूरा हनेछ ।बाचामा धोका हुनेछ । अचानक बाधा आउँनेछ । अपमानको भय रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

वैवाहिक कुराले प्रशय पाउनेछ । प्रेममा खुशी बढ्नेछ । व्यावसायिक तनाव हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):

महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।आफन्तमा मनमुटाब हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । मुद्दा मामिला राहत हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कला संगीतमा प्रगति मिल्नेछ । बौद्धिक क्षमता बढ्नेछ । कृषि कर्मबाट आर्थिक वृद्धि हुनेछ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।