आज मिति वि.सं.२०७८ साल भदौ २२ गते । मंगलबार। तपाईंको आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
विद्यार्थी वर्गले चाहेजस्तो सफलता हात लगाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । सन्तान तथा परिवारले तपाईको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । मायाप्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धिहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):
आमा तथा आमासँग टाडिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाईने छैन । कृषि तथा सहकारी व्यावासायमा भने मनग्गे आम्दानी हुने योग रहेकोछ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनी नतिजाको लागी केही समय कुर्नु नै पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):
पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगती गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । प्रशस्त समय लगानी गरेपनि समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । मध्यान्हबाट समय उत्तम रहेकोले सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगती गरी गन्तव्य भेटाउन सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । बिद्यार्थीहरुले मेहनेत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरुको भरपर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्याबहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाईनाले हर क्षेत्र डामाडोल हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाईलेखाईमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । मायाप्रेममा नजिक हुने तथा नयाँ ठाउबाट प्रेम प्रस्ताब आउनेछ । ईच्छा आकांक्षा पुरा गर्न सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । मातापिताको धन तथा सम्पति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । मायाप्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । सरकारी तथा प्रशासनिक कामहरु गर्दा ध्यान दिनुहोला दण्ड जरिवाना तिर्नुपर्ने हुन सक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):
पढाईलेखाईमा उपलब्धी हात पार्नको लागी कडा मेहनेतको खाचो पर्नेछ । व्पायार व्यावसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरी हुनेछ । आफन्त तथा दिदिबहिनीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेको छ । स्थाई सम्पती तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेकोछ । प्रेममा नचाहादै नचाहादै टाडिनु पर्दा मन खिन्न हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):
अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । व्यापार व्यावसायबाट नाँफा कमाउन सकिनेछ भने यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ भने मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुशि भएको महशुस गर्नेछन् । राज्यपक्षबाट पद पाईने ग्रहयोग रहेको छ भने समाजको पक्षमा काम गर्न सक्दा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):
बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नयाँ उद्योगमा लगानि गर्ने अवसर आउनेछ । तपाईँको कुरा काट्ने तथा बिरोध गर्नेहरु तपाईकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धी हरुलाई हराउदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । शरिर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाईलेखाईमा राम्रो नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउनेछ ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।








