कस्तो छ तपाईंको २०७८ साल भदौ महिनाको राशिफल ?

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ):

अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाईलेखाईमा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउन मुस्किल पर्नेछ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुनसक्छ ध्यान दिनुहोला । समयमा काम नसकिने तथा बौद्धिक व्यत्तित्वसँग सैद्धान्तिक राय बाजिने छ । स्वास्थ्यमा पेट तथा श्वास प्रश्वास सम्वन्धी पुराना बिरामीहरुले बिषेश ध्यान दिनु जरुरी छ । भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तापनि बुध, शुक्र तथा अन्य ग्रहको अनुकुल प्रभावले राननीति तथा समाजसेवमा जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तीको गतिलो योग बनेको छ । लेखन,कला तथा सहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी समयले साथ दिनेछ ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):

शुख भावमा महिनाभर सूर्यको प्रभावले आमाको स्वास्थ्यमा समस्या आउन सक्छ । छाती सम्वन्धी तथा श्वास प्रश्वास र मुटु सम्वन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । राजनीतिकर्मि, समाजसेवी तथा घर जग्गाको व्यापारीहरुका लागी समय मध्यम रहेकोछ । तरपनि बुध,शुक्र तथा मंगलको प्रभाव भने अनुकुल रहने हुनाले राज्य संयन्त्रको नजिक जस्तै निजामती,फौजि तथा सस्थानमा र प्राईबेट कम्पनीहरुका काम गर्नेहरका लागी समयले साथ दिनेछ । लेखन कलाको माध्ययमबाट आफ्नो विचारहरु जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेहरुले मनग्गे धन सम्पती जोड्न सक्नेछन ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह):

 मिथुन राशि भएका व्यक्तिहरुका लागि यो महिना समय उत्तम रहेको छ । मुद्दा मामिला तथा न्यायलयबाट हुने न्याय सम्पादन तपाईं कै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवनशैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडी बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाँफा कमाउन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मि तथा कुटनीतिको क्षेत्रम काम गर्नेहरुका लागि समय उत्तम रहेको छ । वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराएर अगाडी बढ्न सकिनेछ । मायाप्रेमका सम्वन्धहरु विवाहमा परिणत गर्ने सहमती जुट्नेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):

धन भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले टाउँको,आँखा तथा पेट तथा छात्ति सम्वन्धी समस्याले नसताउला भन्न सकिन्न । होटल तथा रेष्टुरेन्टको क्षेत्रबाट भनेजस्तो नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । आउने अवसरहरुलाई क्याच गर्न नसस्दा उपलव्धी हातबाट फुत्किनेछ । धन सम्पती हराउने,लुटिने तथा स्थाई सम्पतीमा विवाद हुन सक्छ ध्यान दिनुहोला । शनिको अन्य साढेशाती दशाको प्रभाव पर्ने हुनाले सवारीसाधन वा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । धन सम्पतीको परिचालन गर्दा ध्यान दिनुहोला । तरपनि बुध,शुक्र र मंगल ग्रहको अनुकुल प्रभावले साहित्य लेखन तथा संगीतको क्षेत्रमा निखारता आउने तथा बिशेष उपलव्धी हासिल हुनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्याधिस,अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे):

 सिंह राशि भएका व्याक्तिहरुका लागी स्वास्थ्यमा विशेष गरी उक्त रक्तचाप,टाउँको दुखाई,आँखा,श्वासप्रश्वास तथा मौषमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । पेट सम्वन्धी समस्या नआउला भन्न सकिन्न । आम्दानी र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ । खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिने छ । आफन्त तथा अग्रजहरुसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुनसक्छ ध्यान दिनुहोला । तरपनि बुध र शुक्रको अनुकुल प्रभावले पराराष्ट्र तथा कुटनितिको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । मायाप्रेममा मनमुटाव सिर्जना भएपनि अन्तत एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिनेछ ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो):

समय मिश्रित रहेकोले खर्चालु यात्रा हुन सक्छ ध्यान दिनुहोला । कार्य क्षेत्रमा आलोचनासहितको जन समर्थन प्राप्त हुनेछ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागी कठिनाई तथा असजिलो परिस्थितीको सामना गर्नु पर्ने योग रहेको छ । आँखा,हड्डी तथा मुटु तथा श्वासप्रश्वास सम्वन्धी पुराना बिरामीहरुले ख्याल गर्नुहोला । आफन्त,घर परिवार तथा साथिभाईसँग सैद्धान्तिक विषयमा मतभेद बढ्नेछ भने मान्यजनहरुको सुझाबलाई हुबहु लागु गरेर अगाडी बडे फाईदा हुने देखिन्छ । तरपनि बुध,शुक्रको अनुकुल प्रभावले विदेशी भूमिमा बसेर गरिने लगानी तथा कामबाट मनग्गे आम्दानी हुनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा समग लगानी गर्नेहरुका लागी समय उत्तम रहेको छ । प्रयत्न गर्दा आम्दानी बढ्ने तथा लगानीका क्षेत्रहरु भेटिनेछन् । बंश वृद्धिको गतिलो योग रहेकोछ । विलाशी वस्तुको प्रयोग गर्न पाईने तथा भौतिक सम्पती हात लागी हुने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते):

 पैत्रिक धन तथा भौतिक सम्पती हात लागी हुने योग रहेको छ । बिपरित लिङग तथा साथी संगतले फाईदा हुने तथा विलाशी सामान प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । बिद्यार्थी वर्गहरुले बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै नतिजा आफ्नो पक्षमा पार्न सक्नेछन् । राजनीतिकर्मी तथा समाजसेवामा समय लगानी गर्नेहरुले राज्यबाट लाभ तथा सम्मान पाउँने समय रहेको छ । लामो समयदेखि थाती रहेका काम तथा मुद्दाहरु किनारा लाग्नेछन् । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरेर प्रसस्त धन तथा सम्पती कमाउन सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई स्वादिष्ठ भोजन गर्ने अवसर जुर्नेछ । महिनाको अन्ततिर खर्च बढेता पनि व्यापार व्यवसायमा समय दिनेहरुले प्रशस्त आम्दानी गर्न सक्नेछन् ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु):

 प्रशासनीक तथा सरकारी क्षेत्रमा तपाईकै बर्चश्व रहनेछ । निर्णायक पदमा हुनुहुन्छ भने यो महिना गरिने निर्णयहरु समाजका पक्षमा हुनेछन् । योजनाहरु चुस्तरुपमा अगाडी बढ्नेछन् भने चुनौतिका पर्खालहरु आफै ढल्नेछन् । राज्यबाट आर्थिक लाभ तथा सम्मान पाईने हुँदा मन प्रशन्न रहनेछ । सत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा बिद्यार्थी बर्गहरुले आफ्नो प्रतिस्पर्धी हरुलाई हराउन अली वढी मिहेनत गर्नुपर्नेछ । माया प्रेममा कहिले नजिक त कहिले टाडा हुने अवस्था रहेपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । महिनाभरी नै शनिको अढैयाको प्रभाव पर्ने हुनाले सवारीसाधन, ईन्जिन तथा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । बुध,शुक्र र अन्य ग्रहको अनुकुल प्रभावले दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे):

संघर्षका बावजुद,राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी राज्यबाट पद प्राप्तीको योग रहेकोछ । नोकरीमा मान सम्मान पाईने योग रहेको छ । खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सरकारी जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठुलाबढा तथा विशिष्ट व्याक्तिहरुको आशिर्वाद पाईने हुँदा मन प्रशन्न हुनेछ । गितकार,संगितकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरुका लागी समय फलदायी रहने छ । मायाप्रेम गर्नेहरुले आफ्नो मायालुको साथ पाउनेछन् । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी):

महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले राजनीति तथा समाजसेवामा तपाईको उपश्थिती कमजोर रहनेछ । सवारीसाधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझावलाई बेवास्ता गर्दा दुःख पाईनेछ । स्थाई सम्पतीमा विवाद आउने योग रहेकोछ भने दिदि बहिनी तथा आफन्तसँग अनाबस्यक विवाद हुन सक्छ । आँखा,हड्डी,मुटु , श्वासप्रश्वास तथा छात्ति सम्बन्धी र मेरुदण्ड सम्वन्धी रोगबाट पिढित भएकाहरुले भने सचेत हुनु जरुरी देखिन्छ । तापनि बुध,शुक्र,शनि तथा अरु ग्रहको अनुकुल प्रभावले दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द):

 व्यापार भावमा गोचर गर्ने सूर्यले घर परिवार तथा जीवन साथिसँग राय बाजिनेछ । ट्राभल तथा पर्यटनका क्षेत्रमा गरिएको लागानीबाट आम्दानी हुनेछैन । राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । तरपनि अन्य ग्रहको अनुकुल प्रभाव पढाईलेखाई सुधार भएर जानेछ भने कुनैपनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिनेछ । विभिन्न अवसरहरुको सही तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलव्धी हात पर्नेछन् । बौद्धिकताको उपयोग गरी आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुन्दर तथा विलाशी पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । राजनीति,व्यापारी,पत्रकार,विद्यार्थी र मेडिकलको क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची):

मीन राशि भएकाहरुका लागी यो महिना उत्तम रहेको छ । छैटौ भावमा महिनाभर नै गोचर गर्ने सूर्यले शाहशी काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरु पनि सहयोगी बन्नेछन् । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । अदातल तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तीको योग रहेकोछ । पढाईलेखाईमा अरुलाई पछाडी छोड्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यवसाय थालनी गरी मनग्गे आम्दानी गर्न सकिने छ । थाती रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ भने छुट्टिएका प्रेम सम्बन्धहरु पुनर्मिलन हुने प्रशस्त सम्भावना रहेकोछ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको महिना दिन शुभ रहोस् ।