आज श्रावण २१ गते बिहिबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि.सं.२०७८ साल श्रावण २१ गते । बिहिबार। तपाईंको राशिफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ):

मन स्थिर नहुनाले उल्झनमा परिने छ। नोकरी तथा व्यवसाय प्रतिस्पर्धाको स्थिति सिर्जना हुनसक्छ । वैदेशिक यात्राको योजना सम्पन हुनेछ । नयाँ कामको लागि प्रेरित भइने छ । रमाइलो यात्राको योग बनेको छ । बौद्धिक तथा लेखन कार्यमा राम्रो समय रहेको छ ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):

मनमा दुबिधा बढ्नाले उचित निर्णय लिन सकिने छैन । हातमा आएको अवसर गुम्न सक्छ । रिसा स्वभावको कारण विवादमा पर्न सकिन्छ । लेखक तथा कलाकारहरुलाई आफ्नो प्रतिभा देखाउने समय रहेको छ । बोलीको प्रभावको कारण कार्य सम्पन्न हुनेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह):

दिन लाभ दायक रहेको छ । आफन्त तथा साथिहरुसंग बसेर उत्तम भोजन हुनेछ । आर्थिक लाभ हुनेछ साथै उपाहार पाउने योग बनेको छ । मन खुशी हुनेछ । रमाइलो यात्राको सम्भावना रहेको छ । दाम्पत्य जीवनमा खुशी छाउने छ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):

मन उदास हुनुको साथै स्वास्थ्य समस्याले सताउन सक्छ । मनमा द्विधा बढ्नाले कार्य शक्तिमा कमि आउने छ । बिशेष गरेर परिवारक सदस्य संग वविवाद हुनसक्छ । आमाको स्वास्थ्यमा समस्या आउनसक्छ । खर्च बढ्ने छ । मित्रको सहयोग मिल्नेछ ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे):

लाभ हुने समय रहेको छ । कार्यमा बिलम्ब हुँदा हातमा आएको धन गुम्न सक्छ । साथीभाई तथा स्त्री मित्रबाट लाभ हुनेछ । नोकरी तथा व्यवसायमा लाभ हुनेछ । दाम्पत्य जीवनमा खुशी छाउने छ । पुत्र तथा पत्नीबाट लाभ हुनेछ ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो):

नयाँ कामको थालनीको लागि उत्तम समय रहेको छ । व्यापारमा लाभ हुनेछ । लगानी गरेको धन उठ्ने छ । नोकरीमा पद बढ्ने छ । पिताबाट लाभ हुने सम्भावना रहेको छ । परिवारमा आनन्द र उत्साहको स्थिति सिर्जना हुनेछ । सरकारी क्षेत्रमा गरेको कार्य सम्पन्न हुनेछ । दिन रमाइलो र उत्साहको साथ बित्नेछ ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते):

धार्मिक यात्राको सम्भावना रहेको छ। यात्रा सफल हुनेछ । वैदिशिक यात्राको लागि समय अनकुल रहेको छ । सन्तानको स्वास्थ्यमा समस्या आउनाले चन्ता बढ्ने छ । उच्चअधिकारी तथा सहकर्मीको सहयोग मिल्नेछ। बोलीको प्रभाव बढ्ने छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु):

निकै सावधानी अपनाउनु पर्ने दिन रहेको छ । नयाँ कामको थालनीको लागि समय उचित रहेको छैन । रिसको कारण मनमा अनैतिक बिचार आउन सक्छ । समयमा भोजन गर्नुहोला अन्यथा स्वास्थ्यमा समस्या आउन सक्छ । राज्य क्षेत्रबाट लाभ हुनेछ ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे):

बौद्धिक, तार्किक, विचार आदानप्रदान र लेखन कार्यको लागी शुभ समय रहेको छ । साथि भाइ संग रमाइलो यात्रा हुनुको साथै उत्तम भोजन हुनेछ । नयाँ वस्त्र धारण गर्ने अवसर मिल्नेछ। बिपरित लिङ्ग प्रति आकर्षण बढ्ने छ ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी):

व्यापार विकास हुनेछ। आर्थिक लाभ हुनेछ । आर्थिक लेन-देनमा सहज हुनेछ । परिवारमा शुख शान्ति छाउने छ । सहयोगीको सहयोग मिल्नेछ । आमाबाट शुभ समाचार मिल्नेछ । प्रतिस्पर्धीलाइ पराजित गर्न सकिने छ ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द):

सन्तान चिन्ता बढ्ने छ । पेट सम्बन्धि समस्याले सताउन सक्छ । अचानक बिचार परिवर्तन हुँदा मानसिक खलबल हुनसक्छ । यात्रामा समस्या आउन सक्छ । मध्यान्ह पछि स्वास्थ्यमा सुधार हुनेछ । बाबुबाट सहयोग मिल्नेछ ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची):

शारीरिक र मानसिक डर रहनेछ। आफन्तहरुसंग विवाद हुनेछ। आमाको स्वास्थ्य बिग्रनेछ। निन्द्रामा समस्या आउनसक्छ । धन र प्रतिष्ठाको हानि हुनेछ। महिला र पानीबाट टाढा रहनु होला । बोलिको कारण कसैलाई प्रभावित गर्न सकिने छ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।