हामीले आजसम्म कागतीको फाइदा बारे मात्र सुनेका छौँ। हामी मध्ये धेरैलाई कागतीका हानि बारे थाहा नहुन पनि सक्छ।
कागती तौल कम गर्न मात्र नभएर छालाको हेरचाहको लागि पनि सहयोग पुर्याउँछ । तर यसको बढी प्रयोगले हानि पनि पुग्छ। मानिसले बिहान उठेपछि कागती पानी खान्छन् जसले निकैं फाइदा गर्छ। फाइदाका साथ साथै यसको साइड इफेक्ट पनि छन् ।
पेट संवेदनशील भएका मानिसले कागती पानीको सेवन गर्न हुन्न । कागतीमा धेरै एसिडिक हुन्छ जसका कारण पीएच लेवल कम हुन्छ ।
त्यस्तै कागतीको प्रयोग धेरैजसो अनुहारको छाला राम्रो बनाउनका लागि पनि गर्ने गरिएको छ । पिम्पल्स, दागहरु हटाउन कागतीको प्रयोग हुने गरेको छ तर यसबाट बेफाइदा पनि हुनसक्छ ।
यदी तपाईंको गाला वा अनुहारमा घाउ, चिलाउने लगायतका समस्या छ भने कागतीको प्रयोग गर्न हुन्न ।
कागती बढी सेवन गर्दा यसले पेटलाई पनि बेफाइदा पु¥याउँछ । यसको प्रयोगले अल्सर, दातको समस्या, पेट बिग्रने तथा डिहाइड्रेसनको समस्या उत्पन्न हुन्छ ।










