मन्दिरमा किन बजाइन्छ घन्टी ?

हिन्दु धर्ममा प्रत्येक धार्मिक अवसरमा अवश्य घन्टी बजाउने गरिन्छ। प्राचीन समयदेखि नै मन्दिरमा घन्टी बजाउने परम्परा छ । मन्दिरमा घन्टी बजाउनुको धार्मिकका साथसाथै वैज्ञानिक कारण पनि छ ।

देवीदेवताको आरती घन्टनाद विना पूरा हुँदैन । घन्टीको ध्वनिले मन, मस्तिष्क र शरीरलाई सकारात्मक ऊर्जा दिन्छ । मन्दिरमा आरती हुँदा घन्टीको आवाजले मानिसको मनमा भक्तिभाव जाग्छ ।

घन्टीबाट निसकने ध्वनि चमत्कारी हुन्छ । मन्दिरमा राखिएका सानाठूला घन्टीका आवाजले वातावरणलाई शुद्ध बनाउँछन् ।हावामा भएका सूक्ष्म कीटाणु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।

मन्दिरमा लगातार घन्टी बजाउँदा निस्कने ध्वनिले हानिकारक सूक्ष्म कीटाणुलाई नष्ट गरिदिन्छन् । घन्टीको आवाजले एकाग्रता बढाउँछ, मन शान्त हुन्छ, चिन्तन गर्ने क्षमता बढ्छ, धार्मिक विचार जन्मिन्छ र बुद्धि विकास हुन्छ ।

नियमित रूपमा आरती गर्दा र लगातार घन्टी बजाउँदा मन्दिरमा स्थापित देवीदेवताका प्रतिमा चैतन्य हुन्छन् ।

पुराणहरूमा बताइएअनुसार मन्दिरमा घन्टी बजाउँदा अनेकौं जन्मका पाप नष्ट हुन्छन् ।

[sidebar name="button post"]