आज जेष्ठ ३ गते सोमबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि.सं.२०७८ साल जेष्ठ ०३ गते सोमबार । तपाईको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :

कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईंको काम देखि सबै खुशी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । सवारीसाधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :

दाजुभाई तथा बन्धु बान्धबसँग सामान्य मनमुटाब सिर्जना हुने तथा विवाद बढ्नेछ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक अवस्था कमजोर हुनेछ । पराक्रम तथा आट गर्न नसक्दा बिभिन्न अवसरहरु गुम्नेछन् । पढाईलेखाईमा अरुभन्दा कमजोर भईने हुनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा नजिक हुने समय नरहेकोले भेटघाट भन्दा पनि प्रबिधिको प्रयोग गरी कुराहरु गर्नु राम्रो हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :

कार्यक्षेत्रमा तपाईंको निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्याक्ति मार्फत सम्मान पाउने योग रहेको छ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउंदै अगाडी बढ्न सकिनेछ । मायाप्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यतित गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :

सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । बिद्यार्थीहरुले मेहनेत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । भौतिक सम्पती तथा सवारीसाधन प्राप्तिको योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :

औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । पढाईलेखाईमा अली बढी समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मायाप्रेममा एक अर्काला बुझ्न समय लागेपनि सम्बन्ध प्रगाड हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहररुका लागी दिन प्रभावकारी रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :

दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । मायाप्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । पढाईलेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :

नोकरी तथा जागिरमा आफ्नै कमजोरिले समस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुँदा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यवसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा ईज्जत प्रतिष्ठामा कमी हुनेछ । बुवा वा बुवा सरहका मानिससँग बिवाद हुनेछ भने सरकारी सेवामा रहेर काम गर्नेहरुले बिशेष ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :

सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाईलेखाईइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशि पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :

आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । नसोचेको धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :

मायाप्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाब सिर्जना हुनेछ भने दाम्पत्य जीवनमा चिसोपनाको विकास हुन सक्छ ध्यान दिनुहोला । यात्रामा सोचेजस्तो सफलता पाउन कठिन रहेकोछ । व्पापारमा समय दिन नसक्दा वा ध्यान नदिदा घाटा लाग्न सक्छ । बिलाशी बस्तुको प्रयोग गर्न पाईने भएपनि बढि नै उत्साहित हुदा नकारात्मक परिणाम देखा पर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :

मौषमी रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्निहरुमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारी चलाउदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेकोछ । कुनैपनि विवादित विषयमा सामेल नहुनु नै राम्रो रहेकोछ भने न्ययिक निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । पढाईलेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईंकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । बैंक तथा बित्तिय क्षेत्रसँग पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।