कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषाणा गर्न राष्ट्रिय युवा गैसस महासंघको अपिल

३ जेष्ठ, काठमाण्डौ। कोरोना महामारीको दोस्रो लहरले विश्व आक्रान्त भएको छ । नेपालमा ४ लाख ५५ हजार २० संक्रमित मध्ये ५ हजार बढीले ज्यान गुमाइसकेका छन् भने दैनिक ७ हजारको हाराहारीमा संक्रमित बढिरहेका छन् । भाइरसको सबैभन्दा बढी प्रभाव अहिले भारत र नेपामा परेको छ ।

मृत्यु हुनको मुख्य कारण अक्सिजन सिलिण्डर र भेन्टिेलेटर, आइसियू एवम् बेडको अभाव भएको सबैलाई जानकारी नै छ । लाखौं संक्रमित नागरिक संक्रमित हुदाँ हजारौको संख्यामा नागरिकले मृत्युबरण गर्दा पनि सरकारलाई छुदैन । जनता अक्सिजन तथा उपचार नपाएर सडकमै ज्यान गुमाउँदा नेताहरु सरकार गठन र विघठनको दाउमा छन् ।

कोरोना महामारी नियन्त्रणका लागि देशमा स्वास्थ्य संकटकाल घोषणा गरेर सबैको ध्यान कोरोना नियन्त्रण र रोकथाममा लाग्न सरकार सगं राष्ट्रिय युवा गैसस महासंघ जोडदार माग गर्दछ ।

कोरोना महामारी रोकथाम नियन्त्रण र नागरिकको जीवन यापन सहज बनाउन महासंघले केन्द्रिय समिति, प्रदेश समिति, जिल्ला समितिहरु परिचालन गर्ने महासंघका केन्द्रिय अध्यक्ष कमल सुबेदीको अध्यक्षतामा आज बसेको सचिवालय समितिले निर्णय गरेको छ ।