आज मिति वि.सं. २०७८ साल वैशाख ०६ गते । सोमबार। तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :
बुद्धिको उपयोगले धन तथा भौतिक सम्पती लाभ हुनेछ । पढाइ लेखाइमा भनेजस्तो सुधार भएर जानेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ । टाढाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगाडी बढ्नेछ । नयाँ कामको प्रश्ताब आउनेछ भने सहयोगीहरुले साथ दिंदा कामहरु समयमा नै सम्पन्न हुनेछन् । काम देखाएरै अरुको मन लोभ्याउन सकिनेछ भने सानो काम गरी मनग्गे लाभ लिन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :
असजिलो परिस्थितीहरुलाई बुद्धिमता पुर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनेछ भने जीवन साथिको सहयोगले उत्पादन मुलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरुको नाम तथा दाम दुबै कमाउने ग्रहयोग रहेकोछ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :
प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन शुखि रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई हराउंदै अगाडी बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशि हुनेछन् । सुन्दर तथा बिलाशी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :
खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिती खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च हुने योग रहेकोछ । व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । तरपनि छोटो दुरिको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :
अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरुभन्दा अगाडी बढ्न सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउँदा मन प्रशन्न हुनेछ भने परिवारका आवश्यकता पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरिमा पदोन्नती हुने समय रहेको छ । साथि भाईसँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :
सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :
धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेकोछ । पुराना काम सफलता पुर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हुनेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :
आफन्त तथा दिदि बहिनीसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैंलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथिभाईहरु टाढिनेछन् । भौतिक सम्पती प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । तरपनि नसोचेको धन तथा सम्पती प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :
बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ भने बिलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा बिवेकको प्रयोग मार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रशङगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृड हुनेछ । साझेदारी व्यवसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिलो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :
कुनैपनि प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाईनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :
लामो समयदेखी थाती रहेको काम बन्नेछ भने बिभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पति संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले सकयमा कामहरु बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अली बढी मेहनेत गर्दा नतिजा आफैंतिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा बिलाशी वस्तुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको शिलशिलामा यात्रा गर्न सकिने समय रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :
आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुशी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाँफा कमाउन सकिनेछ ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।











