Ad #144479

महिलाहरुले आफ्नो अनुहार, कपडा लगायत सबै कुराको विशेष ख्याल राख्छन्। तर केटाहरू गर्दैनन् ? यसको जवाफ को हुनसक्छ ? केटाहरु आफ्नो लुक्स प्रति तेती चासो देखाउंदैनन् देखाएता पनि यस्तो धेरै पटक हुन्छ कि उनीहरुको लुक्समा केहि न केहि कमी रहन्छ।

तर अब तपाईं चिन्तित हुनु पर्दैन, आज हामी तपाईंलाई यस्ता उपायको बारेमा बताउँछौं जसले तपाईंको लुक्स सुधार्नुका साथै तपाईंको प्रेमीकालाई खास पनि महसुस गराउँछ।

शेभिंग :

सबैभन्दा पहिले त केटाहरुले शेभिंग गर्न जरूरी हुन्छ। तपाईं चाहनुहुन्छ भने ट्रिम मात्र पनि गर्न सक्नुहुन्छ । यसो गर्नाले केटाहरु ह्यान्डसम देखिन्छन् । त्यस्तै, यदि तपाईं दाह्री राख्नुहुन्छ भने, आफ्नो दाह्री सेट गर्नुहोस् । यस बाहेक, तपाईंले आफ्नो आँखी भौंमा पनि ध्यान दिनुपर्दछ, किनकि यसले पनि तपाईंको लुक्स सुधार्नको लागि महत्वपूर्ण भूमिका खेल्छ।

कपडा :

यदि तपाईं जवान र सुन्दर देखिन चाहनुहुन्छ भने, तपाईंले यसको लागि सही लुगा लगाउनु पर्छ । यसका लागि तपाईले नयाँ फेसनदार कपडा पनि लगाउन सक्नुहुन्छ । तपाईं आफ्नो शरीरको बनावट अनुसार र स्किन कलर अनुसार पनि कपडा छान्न सक्नुहुन्छ । राम्रो ड्रेसअपले जो कोहिलाई पनि राम्रो देखिन मद्धत गर्छ।

पर्फ्युम :

यो कुरा त सबैलाई थाहा नै होला कि महिलाहरुलाई सुगन्ध अत्यन्त मनपर्छ । यस्तो अवस्थामा यदि तपाईं प्रेम दिवसको अवसरमा आफ्नो प्रेमिकालाई भेट्न जाँदै हुनुहुन्छ भने तपाईंले यसको पूर्ण ध्यान दिनुपर्छ । यसको लागि तपाईंले अत्तर प्रयोग गर्नुपर्छ ।

कपाल :

तपाईंले आफ्नो कपालमा पनि विशेष ध्यान दिनुपर्छ । कपालमा राम्रो तेल, जेल वा वाक्स पनि प्रयोग गर्न सकिन्छ जस्को प्रयोगले कपाल राम्रोसँग सेट गर्न सकिन्छ । किनकि तपाईंको लुक्स कपालमा पनि अत्यन्त निर्भर गर्छ । त्यस्तै, आफ्नो जुत्तामा पनि ध्यान दिन जरूरी हुन्छ ।