यदि तपाईंलाई यस्तो पुरुषलाई मात्रै हुन्छ जस्तो लाग्छ भने हामी तपाईंलाई यसमा लिङ्गको कुनै भूमिका नहुने जानकारी दिन चाहन्छौं । महिला पनि पुरुष झैं कामुक हुन सक्छन् । यो यस कुरामा निर्भर हुन्छ कि तपाईंको सेक्स ड्राइभ कतिसम्मको छ । जब तपाईंको कामेच्छाको कुरा आउँछ, तब महिलामा यसको निकै उतार–चढाव देख्न सकिन्छ ।
किनभने महिलाको हर्मोन अत्यधिक संक्रमणबाट गुज्रन्छ । यो हरेक महिनामात्रै हुँदैन, यो मुख्य रुपमा गर्भावस्था र रजोनिवृत्तिका बेला पनि हुन्छ । तपाईंलाई सुन्दा अचम्म लाग्ला तर एक उच्च सेक्स ड्राइभ पनि तपाईंको भावनात्मक र मानसिक स्थितीमा निर्भर हुनसक्छ । यो तपाईंको मूड हो जुन सेक्सका लागि आग्रह गर्छ – त्यसैले यसलाई सेक्स ड्राइभ भनिन्छ ।
विशेषज्ञका अनुसार अचानक उच्च सेक्स ड्राइभ हुनु असामान्य हुँदै होइन । यदि यौन आग्रह क्षणिक छ भने यसको कुनै हानी छैन । तर यदि यो निरन्तर छ र यो हट्ने छाँटकाँटमा छैन भने तपाईंले आफ्नो डाक्टरसँग परामर्श लिनुपर्छ ।
भारतक स्त्री रोग विशेषज्ञ डा. शिल्पा घोषका अनुसार कुनै व्यक्तिको कामेच्छा विशेष रुपमा निम्नलिखित कारकले प्रभावित हुन्छः
१. जैविक कारक जस्तै शरीरमा एस्टोजन र टेस्टोस्टेरोनको स्तर ।
२. मनोवैज्ञानिक कारक जस्तै तनाव, चिन्ता आदि, शारीरिक सम्बन्ध जस्तै सामाजिक कारकको पनि भूमिका हुन्छ ।
उच्च कामेच्छाका कारणः
ओभ्युलेशनको क्रममा महिलामा एस्ट्रोजाको स्तरमा वृद्धि एउटा हाई सेक्स ड्राइभको सबैभन्दा सामान्य कारणमध्ये एक हो । पुरुषमा उच्च टेस्टोस्टेरोनको स्तर पनि उच्च कामेच्छासँग जोडेर हेर्ने गरिन्छ । अन्य सम्भावित कारण यस प्रकार हुनसक्छन्ः
१. हर्मोनमा उतार चढाव
२. मासिक धर्म
३. मौसमी परिवर्तन
४. ओमेगा–थ्री ले भरपुर आहारको अत्यधिक सेवन
५. रक्सीको अत्यधिक सेवन
६. गर्भावस्था हर्मोन
७. अत्यधिक हस्तमैथुन गर्नु
तपाईं आफ्नो कामेच्छालाई कसरी कम गर्नुहुन्छ ?
१. तपाईं के महसुस गर्नुहुन्छ, यो आफ्नो पार्टनरसँग सेयर गर्नुहोस् ।
२. केही मानिसहरु आफ्नो यौन ऊर्जालाई अन्य चिजमा समावेश गर्दा निकै राहत, खुसी र गर्व महसुस गर्छन् । लोकप्रिय गतिविधिमा लामो दुरीको दौड, नृत्य, गितार सिक्न, खाना बनाउन वा योग समावेश छन् ।
३. नियमित रुपमा हस्तमैथुन गर्नुहोस्
४. यौन क्रियाकलापमा सक्रिय रहनुहोस्











