वृष राशि हुनेहरुको लागि वि सं २०७८ सालको भाग्य कस्तो छ ? हेर्नुहोस् बार्षिक राशिफल

२०७८ साल वृष राशि भएका व्याक्तिहरूका लागि सामान्य रहनेछ । शनि, राहु र गुरुले त्यति साथ नदिन सक्छ, कात्तिक पछि भने समय अनुकूल रहने र अधूरा कामहरू पूरा हुनेछन् ।

सामाजिक र राजनैतिक कार्यमा मन जानेछ । यात्रा गर्दा वा गाडी चलाउँदा चोटपटकको भय छ र खानपिनमा पनि विचार पुर्याउनु आवस्यक छ । संयुक्तरुपमा गरिएको लगानि फलदायी नहुन सक्छ । निजी क्षेत्रका कर्मचारीको जागिरमा बढोत्तरी तथा पदोन्नति हुने योग छ ।

नयाँ कार्यको सुरुवात गर्नुभन्दा पहिले धेरै कुराको हेक्का राख्नु पर्नेछ ।शरीरले दु:ख पाउने र घर परिवारको स्वाथ्यमा थप खर्च बढ्नेछ । नसा तथा धातुमा मस्यापनि बढ्न सक्छ, त्यसैले स्वास्थ्य प्रति सचेत रहनु होला ।

वर्षको सुरुमा शैक्षिकक्षेत्र त्यति राम्रो नरहला मङ्सिरबाट भने सफलता मिल्नेछ । आई. टी. र वाणिज्य विषयका विद्यार्थीहरूलाई विशेष लाभ मिल्नेछ । शैक्षिकक्षेत्रबाट साउन र मंसिर महिनामा अधिक सफलता मिल्नेछ ।

पत्रकारिता, चालक र पहिरन पेसामा आवद्ध व्यक्तिहररूलाई अधिक सफलता मिल्नेछ । बैदेशिक रोजगारीको लागि भने त्यति राम्रोहुने देखिन्न ।वृष राशि भएका व्याक्तिहरूका शुभ रङ्ग सेतो, निलो, खरानी, र हरियो शुभ रङ्ग हो भने शुभ अङ्क २, ३, ६ र ९ शुभ अङ्क हो ।

प्रेम सम्बन्धमा पारिवारिक उल्झन आउन सक्छ । प्रेमीजोडीमा मतभेद बढ्न सक्छ अत: प्रेम जीवनमा समस्या आउनसक्छ, त्यसैले विचार गरेर मात्र सम्बन्धलाई अगाडी बढाउनु पर्नेछ । आफन्त, दाजुभाई तथा घर-परिवार सँगको विवाद भने समाप्त हुनेछ ।२०७८ साल वृष राशि भएका व्याक्तिहरूले व्यापार तथा व्यवसायबाट अपेक्षित लाभलिन नसकिएला ।

घरजग्गाको कारोबारबाट फाइदा हुनेछ। शेयरबजारमा लगानी गर्नेहरू चैं सचेत रहनुपर्छ । बैशाख र पौष महिनामा धनमाल हराउन सक्छ सजक रहनु होला ।

प्रत्येक सोमवार शिवजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रहपिडा कम हुने र भाग्यमा वृद्धि हुनेछ । प्रत्येक दिन गुरु तथा माता पिताको आशीर्वाद लिई सत्य बोल्नाले पनि चाडै सफलता पाईनेछ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको २०७८ साल शुभ रहोस् ।

बलराम उपाध्याय खकुरेल

ज्योतिष तथा बास्तुविद्

[sidebar name="button post"]