सुन प्रयोग गर्न नजान्दा अशुभ पनि हुन सक्छ , यी कुरा ख्याल गर्नुहोस्

हामीले लगाउने हरेक धातुले हाम्रो शरीरलाई कुनै न कुनै असर पारेको हुन्छ । विभिन्न घातुबाट बनेका आभूषण लगाउँदा शरीरलाई फाइदा हुन्छ तर गलत तरिकाले गरगहना लगाउँदा अशुभ हुने विश्वास गरिन्छ ।

त्यस्तै सुन पनि एउटा यस्तै धातु हो जसलाई लगाउन जानिएन भने संकट आइ पर्न सक्छ । सुन प्रयोग गर्दा केहि कुरा ख्याल गर्नुपर्छ।
सुनलाई देब्रे हातमा कहिल्यै लगाउनु हुँदैन । देब्रे हातमा सुन लगाउँदा समस्या आउने गर्छ । लगाउनै परेमा ज्योतिषसँग सल्लाह
लिएर मात्र लगाउनु पर्छ।

हामीले खुट्टामा सुन लगाएमा वैवाहिक जीवनमा समस्या आउने र स्वास्थ्य खराब हुने गर्छ । सुनलाई रातो वा पहेँलो कपडामा बाँधेर राख्नुपर्छ । सुनसँग केसर राखेमा धन प्राप्ति हुने गर्छ । घरमा सुन राख्दा उत्तर–पूर्वमा रहेको कोठामा राख्नुपर्छ । साइँली औंलामा सुनको औंठी लगाउने हो भने सन्तान प्राप्ति हुन्छ।गर्भवती तथा वृद्ध महिलाले सुन लगाउनु हुँदैन ।

ब्राह्मण, पुजारी वा गुरूलाई सुन दान गर्नुपर्छ । अपरिचित वा अप्रिय व्यक्तिबाट सुन लिनु हुँदैन।वैवाहिक जीवनलाई सुखी बनाउनका लागि गलामा सुनको सिक्री र कान्छी औंलामा सुनको औंठी लगाउनुपर्छ।सुन भेट्टाउनु वा हराउनु दुबै अशुभ मानिन्छ । सुन हराउँदा बिरामी भइने र भेट्टा उँदा खर्च बढ्ने गर्छ ।

सुनमा सर्दी र गर्मी दुबै ऊर्जा हुन्छ । रूघा, ज्वरो आएको बेलामा कान्छी औंलामा सुनको औंठी लगाउनुपर्छ । सुनपानी खाने हो भने रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।धेरै रिसाउने मानिसले पनि सुन लगाउनु राम्रो हुन्न ।

फलाम वा कोइलाको काम गर्ने मानिसले सुन लगाउनु हुँदैन । सुन लगाएमा व्यापारमा नोक्सान पुग्छ । यदि पहिरिनु परेका ज्योतिषसँग सल्लाह लिनु राम्रो मानिन्छ । कम्मरमा कहिल्यै पनि सुन लगाउनु हुँदैन । कम्मरमा सुन लगाउँदा पाचन प्रणाली खराब हुने र पेटसम्बन्धि समस्या देखिने गर्छ।

[sidebar name="button post"]