जब तपाईँ नराम्रो सपना देखेर झस्कनु हुन्छ ! यसो गर्नुहोस्

कहिले काहीँ नराम्रो सपना देखेर मानिसहरू झस्कने गर्छौँ l जसले गर्दा उनीहरूको निन्द्रा भागेर जान्छ l त्यसैले जब तपाईँ नराम्रो सपना देख्नु हुन्छ तब अपनाउने गर्नुहोस् यी उपाय जसले नराम्रो सपना देख्नबाट छुटकारा दिलाउँदछ l

यदि तपाईँ खराब सपना देख्नु भएको छ भने बिहानै उठेर स्नान गरी भगवानको प्रार्थना स्मरण र यथाशक्य दान गर्नुहोस् l जसलाई गर्दा तपाइको नराम्रो सपना नष्ट हुन् जान्छ l

यदि तपाईँ नराम्रो सपना देखेर उठ्नु हुन्छ र फेरी सुत्नु भयो भने पनि सो सपनाको कुनै अस्तित्व रहदैन् l खराब सपना नष्ट भएर जाने गर्छ l

अत्यन्तै अशुभ सपना देखे निम्न श्लोक तीन पटक वा यथाशक्य जप गरे खराब सपनाको फल नष्ट हुन्छ ।

विष्णु नारायणं कृष्णं: माधवं मधुसुदनमं हरि नरहरि राम गोविन्द दधिवामनमं ।।

जब तपाईँ नराम्रो सपना देखेर झस्कनु हुन्छ तब भगवान् बिष्णुको आठ नामहरूलाई जप्नुहोस् l जसले गर्दा नराम्रो सपनाको प्रभाव हटेर जान्छ l

अच्युतं, केशवं, बिष्णुं, हरि सत्यं जनार्दनमां। हंसं, नारायणञ्चैव एतन्नामाठटकं शुभम ।।

यदि तपाईँले खराब सपना देख्न भएको छ भने यी मन्त्रलाई करिब दस पटक भन्नुहोस् l जसले गर्दा फेरी पनि नराम्रो सपना देखिँदैन l

ॐ हीं त्रीं पूर्व दुर्गतिनाशिन्यैमहामायायै स्वाहा।

 

 

[sidebar name="button post"]