छोरी नभएका बुवाभन्दा छोरी भएका बुवा बढी बाँच्ने एक अनुसन्धानले जनाएको छ। ज्यागेलोनियन विश्वविद्यालयका अनुसन्धानदाताले दाबी गरिए अनुसार छोरीहरु भएका बुवा धेरै वर्षसम्म बाँच्छन् ।
एउटी छोरीले पिताको कूल आयुमा ७४ हप्ता आयु थपिदिने अमेरिकन साइकोलोजिकल असोसिएशन जर्नल बिहेवियरल न्यूरो साइन्सको अनुसन्धानले देखाएको छ ।
अनुसन्धानका अनुसार दुबै छोरा र छोरीले आमाको स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछन् जसका कारण उनीहरुको आयु घट्ने गरेको छ । अनुसन्धानका अनुसार जब छोरी आफ्ना पितासँग हुन्छिन् तब पिताको ब्रेन सिग्नल छोरासँग हुँदाभन्दा निकै भिन्न हुन्छ ।
छोरीको स–साना कुराले उनीहरुलाई खुसी दिन्छ र उनीहरुले आफूलाई छोरीप्रति बढि जिम्मेवार पाउने गर्छन् ।
[sidebar name="button post"]








