Ad #144479

सुन्तला मात्र नभएर यसको बोक्राको पनि उत्तिकै गुणवान छ । सुन्तलाको बोक्रा बिशेषगरी छालाको लागि लाभदायिक हुन्छ । यसले छालालाई धेरै समस्याबाट बचाउँछ । सुन्तलाको बोक्रालाई सुकाएर धुलाो बनाउने र यसलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ । यसको बोक्रा फेस मास्कको रुपमा प्रयोग गर्न सकिन्छ । यसले एक्नी र ब्ल्याकहेड्सबाट छालालाई बचाउँछ ।

यस्ता छन् सुन्तलाको बोक्राको फाइदाहरु

एक्नी हटाउँछ :
सुन्तला भिटामिन सी ले भरिपूर्ण भएको फल हो । भिटामिन सीमा एन्टिअक्सिडेन्ट र एन्टि इन्फलामेन्टरी गुणले भरिएको हुन्छ । जसले एक्नी हटाउन मद्धत गर्छ । साथै, एक्नी जन्माउने हाइपरपिग्मेन्टेशनलाई पनि निको गर्छ ।

मरेको छाला हटाउन :
अनुहारमा रहेका मृत छालालाई हटाउन सुन्तलाको बोक्रा निकै फाइदाजनक हुन्छ । अनुहारमा बन्ने मृत छालाले छिद्रहरुलाई बन्द गरिदिन्छ जसले अनुहारको छालामा विभिन्न समस्या उत्पन्न हुन्छ। त्यसको लागि सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले उक्त मृत छालाका कोशिकालाई हटाउनको लागि एक्सफोलिएटको काम गर्छ र तपाईंको छालालाई जोगाउँछ ।

छालालाई चमक देखाउँछ :
सुन्तलाको बोक्राले छालामा चमकता ल्याउँछ । यसमा हुने एन्टिअक्सिडेन्ट नामक तत्वले फ्रि रेडिकलको प्रभावबाट बचाउँछ । यसको बोक्राबाट बनेको मास्क लगाउँदा छालाको टोन राम्रो र कसिलो बनाउन मद्धत गर्छ ।

फोहोर सफा गर्न :
छालामा फोहोर जमेर छालामा समस्या छ भने सुन्तलाको बोक्रा अनुहारमा लगाउँदा छालालाई पोषण पुग्ने र छाला सफा बनाउँछ । जसले गर्दा छालामा प्राकृतिक चमक ल्याउँछ । यसले अनुहारमा बढी तेल उत्पादन रोक्छ । यसमा भएको मोस्चराइजिङ गुणले छालालाई हाइड्रेट र कोमल बनाउँछ ।

छाला कलिलो देखिन्छ :
सुन्तलाको छालामा उपलब्ध भिटामिन सी शक्तिशाली एन्टिअक्सिडेन्ट हो जसले छालालाई बाहिरी फोहोरबाट बचाउँछ । यसले उमेरभन्दा कम देखाउँन मद्धत गर्छ ।