Ad #144479

हामी सबैले ब्रसले दाँत माझ्ने गरेका छौँ। तर के हामी नियमितरुपमा ब्रस परिवर्तन गर्छौं त ? हालै गरिएको एक अध्यनअनुसार पुरानो ब्रसमा हजारौँको संख्यामा ब्याक्टेरिया हुने बताइएको छ।

युनिभर्सिटी अफ म्यानचेष्टरले गरेको एक अध्यनमा एउटा दाँत माझ्ने ब्रसमा इ कोलाइ देखि टाफ जस्ता किटाणू गरी एक करोड सम्म ब्याक्टेरिया हुने निष्कर्ष निकालेको हो ।

ब्रस नगरिएको मुखमा त बाथरुमको भुइँमा भन्दा पनि बढी किटाणू हुने, शोधकर्ता चिकित्सक डा. आन वेइले बताए ।

उक्त अध्यनमा दाँत माझेर राखिएको चिसो ब्रसमा खुला शौचालयमा हुने जति नै किटाणुको संक्रमण हुने निष्कर्ष छ ।

यदि दाँत माझेको ब्रस भुँइमा खस्यो भने त्यसलाई पुन: प्रयोग नगर्नु नै उचित मानिन्छ।