शरीरमा अन्य पोषण तत्व झै भिटामिन डी पनि पर्याप्ता हुन जरुरी हुन्छ। भिटामिन डीको सबैभन्दा ठूलो स्रोत नै सूर्यको प्रकाश हो। शरिरको प्रत्यक कोषमा भिटामिन डी रिसेप्टर हुन्छ।जब हाम्रो शरिरको कोषमा सूर्यको प्रकाश पर्छ तब कोलस्टोरको मद्धतबाट कोषले भिटामिन डी निर्माण गर्छ।
हाड, दाँत र मसल्स स्वस्थ राख्नका लागि भिटामिट डीको आवश्यक पर्दछ। यसरी भिटामिट डीका अनेकौं फाइदा हुदा हुँदै पनि मानिसहरुले यसलाई वेवास्ता गर्दै आइरहेका छन्। यसैकारण विश्वभरका १० अर्ब भन्दा बढी जनसङ्ख्या भिटामिन डी कमीको शिकार भएका छन्। भिटामिन डी सूर्य बाहेका अन्य खानेकुरामा पनि पाइन्छ, जस्तै माछा र दुधका परिकार।
यदि हामीमा यस्ता लक्षणहरु देखिए भने थाहा हुन्छ कि शरिरमा भिटामिन डीको कमी भएको छ।
१. थकाइ
थकान, भिटामिन डी कमीको पहिलो लक्षण हो। खाना खाएपछि ७-८ घण्टाको लामो निन्द्रा पश्चात पनि थकान महसुस हुन्छ भने भिटामिन डी कमी भएको हुन सक्छ। शरिरको अस्थिपञ्जरको सहज सञ्चालन गर्न भिटामिन डी चाहिन्छ। यसको कमी हुँदा शरीर धेरै थाक्ने गर्छ ।
२. हाड, जोर्नी र कम्मरको दुखाई
भिटामिन डीले शरिरमा क्याल्सियम खपत सन्तुलन गर्छ। हाड, मसल्स र दाँतको स्वास्थको लागि क्याल्सियम आवश्यक हुन्छ। यदि ढाड, कम्मर लगातार दुखिरहन्छ बने भिटामिन डी कमीले हुन सक्छ।
३. घाउ ढिलो निको हुने
चोट पश्चातको घाउ ढिलो निको हुने पनि भिटामिन डीको कमीले हुन सक्दछ। भिटामिन डीले जलन नियन्त्रण गर्न र इन्फेक्सन फैलिन रोक्दछ । भिटामिन डीको कमी भएको व्यक्तिमा घाउ निको पार्ने प्रक्रिया सुस्त हुन्छ।
४. कपाल झर्छ
कपाल झर्ने धेरै कारणहरु मध्येको एक कारण हो भिटामिन डीको कमी। यसले कपालको जरा मजबुत राख्दछ । यसको कमी हुँदा कपालको स्वास्थ्यमा असर पर्न जान्छ र कपाल झर्छ।
५. मुड डाउन
भिटामिन डीले शारिरक मात्र होइन मानसिक स्वास्थ्यमा पनि उत्तिकै प्रभाव पारेको हुन्छ। यसको कमी हुँदा मुड डाउन हुन्छ। यदि डिप्रेस वा मुड डाउन भएको छ भने सूर्यको प्रकाशले ताजापन ल्याउन मद्धत गर्दछ।










