Ad #144479

एजेन्सी। हामीले विभिन्न रुपमा चिनीको प्रयोग गर्छौँ । जस्तै कि:चिया,कफी,बिसकुट आदिमा पनि चिनीको प्रगोग गरिन्छ ।

चिनीका विभिन्न फाइदाहरु छन्। हामी मध्ये धेरैलाई चिनीको फाइदा थाहा नहुन पनि सक्छ। चिनी स्वादका लागि मात्र नभई, मानिसहरुको सौन्दर्यमा समेत प्रयोग हुन्छ। यसले मानिसको सौन्दर्यमा सकरात्मक प्रभाव पार्दछ।

चिनीका फाइदाहरु यसप्रकार छन् :

मानिसको पोतो र कालो दागलाई हटाउन चिनिको प्रयोगले सहयोग गर्छ । कागतीको रसमा चिनी मीसाएर अनुहारमा लगाउनाले अनुहारको पोतो र कालो दागलाई हटाउँदै जान्छ।

चिनिको प्रयोगले अनुहारको चाउरीपन हटाउँदै जान्छ । चिनी, एलोवेरा जेल र दूध मिसाएर लगाए अनुहारको चाउरीपन केहि हद सम्म कम हुँदै जान्छ ।

चिनि घामले डढेको छालालाई समेत उपयोगी हुन्छ । बेसन, गोलभेंडाको जुस र चिनी मिसाएर प्रयोग गर्नाले अनुहारको घामले डढेको अनुहारको छालालाई राम्रो गर्दछ । हप्तामा ३ पटक यसको प्रयोग गर्नाले अनुहारलाई गोरो र चम्किलो बनाउँदछ।

कालो ओठ समेत चिनीको प्रयोग गर्नाले गुलाबी हुन्छ । कागतीको रस, ओलिभ ओएल र चिनी मिसाएर ओठमा लगाए यसले कालो ओठलाई गुलाबी ओठ बनाउन मद्धत गर्दछ ।