महिनावारी महिलाहरुमा हुने एक प्राकृतिक प्रक्रिया हो । महिनावारीलाई परसर्ने, नछुने हुने,पिरियड वा मि,न्स हुने आदि नामले यो प्रक्रियालाई जानिन्छ । करिब १२/१३ वर्षदेखि ४५ वर्षसम्मका महिलालाई हरेक महिना महिनावारी हुने गर्दछ । पाठेघरमा हुने विकारलाई रगतको माध्यमबाट बाहिर निकाली पाठेघरलाई सधैँ सुरक्षित राख्ने प्राकृतिक प्रक्रिया नै महिनावारी हो ।
महिनावारी हुँदा धेरै जसो महिलाको तल्लो पेट दुख्ने समस्या हुन्छ । यो दुखाई कसैलाई बढी र कसैलाई कम भने हुने गर्दछ । यो अवस्थामा महिलाको स्वास्थ्य निक्कै कमजोर र संवेदनशील बन्ने गर्दछ । त्यसैले करिब ४ दिनसम्म चल्ने यो प्रक्रियामा महिलाहरुले आफूलाई निक्कै हेरचाह गर्नुपर्ने हुन्छ ।
आजकल महिनावारी समयमै नभएको गुनासो गर्ने महिलाको सँख्या दिनानु दिन बढ्दै गएको छ । नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलन पनि एक कारण हो। त्यस्तै कहिलेकाहिँ खानपानको कारणले पनि महिनावारी ढिलो चांडो हुने गर्दछ । असाध्यै मोटाउँदा अथवा दुब्लाउँदा शरीरमा महिनावारी गराउने तत्वको मात्रा घटबढ भई महिनावारीमा अनियमिता आउने गर्दछ । तनाव पनि महिनावारी गढबढीको कारण मध्यमै पर्छ ।
महिनावारी हुँदा गर्न नहुने के गर्ने अनि के नगर्ने :
१. महिनावारी भएको बेला धेरै एक्सरसाइज गर्नु हुँदैन । महिनावारी भएको बेला जिम जाने, धेरै दौडिने, योग गर्ने, भारी सामानहरु उठाउने वा शारीरिक बल पर्ने खालका कुनै पनि काम गर्नु हुँदैन । यसो गर्दा शरीरको ब्लड प्रेसर बढ्न जान्छ । जसबाट रक्तश्राव बढी हुन्छ । तर यो समयमा हल्का एक्सरसाइज भने गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
२. महिनावारी भएको बेला एउटै प्याड धेरै समय प्रयोग गर्नु हुँदैन। यतिबेला आफूलाई सुरक्षित र सफा राख्नु जरुरी हुन्छ । त्यसका लागि प्याडको प्रयोग गर्छौँ तर हाम्रो बानी के छ भने बिहान प्या,ड लगाएर निस्किएपछि एकै पटक बेलुका घर पुगेर मात्रै चेन्ज गर्ने गर्छौं ।कम्तिमा पनि ३ वा ४ घण्टामा प्याड परिवर्तन गर्नै पर्छ । यसो नगर्दा व्याक्टेरियल इन्फेक्सनको खतरा हुन्छ ।
३. महिनावारी भएको समयमा व्रत बस्नु हुँदैन। महिना,वा,रीको बेला रक्तश्रावका कारण त्यसै पनि शरीर कमजोर भइरहेको हुन्छ । शरीरले आवश्यक मात्रामा भिटामिन र मिनरल्सको माग गरिरहेको हुन्छ । यही बेलामा व्रत वा उपवास बस्ने हो भने शरीरलाई गम्भीर असर पर्दछ । त्यसैले यो अवधिमा कहिले पनि भोको पेट बस्ने वा व्रत लिने गर्नु हुँदैन ।
४. महिनावारी भएको बेला राती लामो समय सम्म बस्नु हुँदैन। यो अवधिमा शरीरले धेरै भन्दा धेरै आराम खोजेको हुन्छ । त्यसैले पर्याप्त सुत्नु जरुरी हुन्छ । यो बेला करिब ८ घण्टा नियमित सुत्ने गर्नु पर्छ ।
५. महिनावारीको बेला ज्यादा काम नगर्ने। यो अवधिमा शरीर कमजोर बन्ने गर्दछ । त्यसैबेला धेरै तनाव लिने, लामो समयसम्म काम गर्ने वा धेरै कठिन काम गर्ने गर्दा शरीरलाई गम्भीर असर पर्दछ । जसका कारण पेट बढी दुख्ने, कम्मर दुख्ने समस्या देखापर्न सक्छ ।
६. महिनावारी भएको बेला केमिकल्सहरु प्रयोग नगर्ने यसले इन्फेक्सन बढ्ने खतरा रहन्छ । यो बेला अन्य कडा खालका केमिकल्सहरु प्रयोग गरेर योनी धुने वा दुखाईमा मालिस गर्ने गर्नु हुँदैन । जसले दुखाई र इन्फेक्सनको मात्रा झन बढाउँछ । त्यसैले यो बेला सफा पानी वा केमिकल्स रहित साधारण साबुनहरुको मात्रै प्रयोग गर्न सकिन्छ ।
७. महिनावारीको अबधिमा फास्टफुड वा जङ्कफुड खानु हुँदैन। यो बेला शरीरलाई अधिक मात्रामा भिटामिनको जरुरत पर्दछ । त्यसैले शरीरलाई आवश्यक पर्ने भिटामिन युक्त खाना मात्रै खाने गर्नु पर्दछ ।
९. महिनावारी भएको बेलाधेरै कफी नपिउने। यो अवधिमा शरीरलाई बढी मात्रामा पानीको जरुरत पर्दछ । यो अवधिमा कफी धेरै पिउनाले शरीरलाई डिहाइड्रेट गरिदिन्छ । जसले गर्दा पेट दुखाईको मात्रा झन् बढ्न सक्छ । यसका साथै महिनावारीको अवधिमा बढी भन्दा बढी पानी पिउने, ताजा र भिटामिन युक्त खाना खाने, नियमित सफा सुग्घर रहने, दुखाइ कम गर्ने औषधि भरसक खानु हुँदैन।











