राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखाद्धारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

सङ्खुवासभा र भोजपुरका सामुदायिक विद्यालयहरुलाई राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखाले कम्प्युटर हस्तान्तरण गरेको छ । वाणिज्य बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २० थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

कम्प्युटर वितरण गर्दै जिल्ला समन्वय प्रमुख सुमन शाक्यले कम्प्युटर प्राप्त गरेपछि विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बताउनुभयो । यस कार्यक्रमले साधन र स्रोत कम भएका विद्यालयलाई गरेको सहयोग महत्वपूर्ण भएको उहाँको भनाइ थियो । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दुर्गम भेगका साधन र स्रोत कम भएका विद्यालयहरुले पेस गरेको प्रस्तावनाका आधारमा छनोट गरी कम्प्युटर उपलब्ध गराएको बैंकको खाँदबारी शाखाका प्रबन्धक अनिष रायमाझीले बताउनुभयो ।

यसैगरी गाउँपालिकाको एक मावि र चार आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो । खाँदबारी नगरपालिका–६ को एक विद्यालयलाई पनि कम्प्युटर प्रदान गरिएको छ । एक विद्यालयले कम्तीमा दुई र बढीमा चारवटा कम्प्युटर पाएका छन् ।


  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares