२४ असोज, काठमाण्डौ । नेपाल टेलिकमका ग्राहक सेवा केन्द्र विजया दशमी तथा शुभदिपावलीको बिदामा पनि खुला रहने भएका छन् ।टेलिकमको महसुल भुक्तानी तथा नयाँ सिमसँगै परिवर्तनका लागि ग्राहक सेवा केन्द्रका काउन्टर खुला नै रहने जानकारी दिइएको छ ।
टेलिकम, प्रादेशिक निर्देशनालय बागमतीले जारी गरेको सूचना अनुसार दूरसञ्चार कार्यालय सुन्धारा, चाबहिल, गोंगबु, पाटन, ठिमी, बनेपा, बाह्रबिसे, चरिकोट, मन्थली, सिन्धुली, हेटौडा, भरतपुर र धादिङमा रहेका काउन्टर दसैंतिहार बिदामा पनि खुला रहनेछन् ।
ती काउन्टर २७ र २८ असोज तथा १९ कात्तिकमा पनि खुला रहनेछन् । यद्यपि, सो अधिमा बिहान ११ देखि दिउँसो २ बजेसम्म मात्र सेवा सञ्चालन हुने टेलिकमले जानकारी दिएको छ ।
[sidebar name="button post"]









