९ वैशाख, काठमाण्डौ। आज राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने भएको छ। वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) यही वैशाख १७ गतेसम्म सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।
सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार मौसमले साथ दिएमा आज राति ११ बजेदेखि भोली बिहान सूर्योदयसम्मको समयमा यो वर्षा उच्च देखिने छ।
अत्यधिक सक्रियताका समयमा प्रतिघण्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिने सोसाइटीले जनाएको छ। ‘थ्याचर’ नामक पुच्छ्रेताराले छाडेका धुलोका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा उल्का वर्षा देखिने गर्दछ।
[sidebar name="button post"]









