होसियार ! कहिल्यै नगर्नुहोस् कपाल नुहाउन यस्ता गल्ती

काठमाडौँ: हामी सबै आफ्नो कपाल सुन्दर, कमलो र चमकदार होस् भन्ने चाहन्छौं । कपाल धेरै नझरोस् र जस्तो स्टाइल पार्न पनि मिलोस् भन्ने पनि हाम्रो चाहना हुन्छ ।

दिनभर आफुले गर्ने कामहरुको बारेमा ध्यान नदिँदा नै कपाल झर्ने र टुक्रिने समस्या हुने गर्छ । त्यति मात्र हैन् कपालको स्यहार गर्ने क्रममा थोरै गल्ती गर्दा पनि कतिपय केटा मानिसहरुको त तालो नै खुइलिन्छ ।

अनि सोचेजस्तो नभएपछि मानिसहरू निराश हुन्छन् । त्यसैले यस्ता विज्ञापनका पछि लाग्नु भन्दा केही सामान्य गल्तीलाई नदोहो–याउने हो भने कपाल राम्रो हुन्छ । यस्तो बेला गरेको थोरै गल्तीले पनि कपाल झर्ने र टुक्रिने समस्या बढ्दै जान्छ ।

कहिल्यै नगर्नुहोस कपाल नुहाउँदा गल्तीहरु :

कपाल कोर्नु
नुहाउने बित्तिकै कपाल कोर्नु हुँदैन् । यसो गरेमा कपालको जरा कमजोर हुने र टुक्रिने समस्या बढेर जान्छ ।

मालिस गर्नु
नुहाउने बित्तिकै चिसो कपाल कहिल्यै पनि मालिस गर्नु हुँदैन् । यसो गरेमा कपाल झर्ने र टुक्रिने समस्या हुन्छ । त्यसैले गर्दा नुहाउने बित्तिकै कपाल मालिस भुलेर पनि नगर्नुहोला ।

रुमालले कपाल नसुकाउने
रुमालले कपाल सुकाउन खोज्दा कपाल जर्खरिन्छ र यसकारण कपाललाई हानि हुन्छ । यसको साटो तपाईं टिशर्ट कपालमा बाँध्नुस् वा पेपर ब्लट प्रयोग गर्नुस् ।

तुरुन्त बाहिर निस्कनु
चिसो कपाल लिएर बाहिर निकस्कनु हुँदैन् जसले गर्दा कपालमा इन्फेकसन हुनुको साथै धुलोहरुको कारण चाँया बढ्छ र कपाल झर्ने समस्या बढ्छ ।

फेदबाट टुप्पोतिर
कपालको सबभन्दा महत्वपूर्ण कुरा भनेको जरो हो । कन्डिस्नरलाई कपालको फेदबाट टुप्पोतिर लगाउँदा तपाईंको कपाल नरम हुन्छ ।

तातोपानीले ननुहाउनुस्
दिनभर काम गरेर थाकेपछि तातो शावरमा छिर्न मन त लाग्छ तर यसरी तातो पानी टाउकोमा हाल्दा कपाल झर्छ । मनतातो पानीले नुहाएको ठीक । सम्भव भएसम्म चीसो पानीले कपाल नुहाउँदा त्यसले आराम पाउँछ ।

कपाल बाँध्नु
नुहाउँने बित्तिकै चिसो कपाल बाँध्नु हुँदैन् । जसको कारण कपालमा इन्फिेकसन हुनुको साथै चायाँ बढ्ने कपाल झर्ने जस्ता समस्याहरु बढी हुन्छ ।

[sidebar name="button post"]