काठमाडौं : पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ। अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ।
पानी स्वास्थ्यको लागि निकै उपयोगी पदार्थ हो । मनतातो पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुने बताइएको छ । स्वास्थ्य मात्रै होइन आफ्नो सौन्दर्यलाई निखार्न समेत मनतातो पानी निकै फाइदा जनक मानिन्छ । राम्रो स्वास्थ्यको लागि दिनभरमा आठ–दश लिटर पानी पिउनुपर्ने बताइन्छ । पानी मानव शरीरका लागि अत्यन्तै महत्वपूर्ण छ । मानव शरीरमा करिब ७० प्रतिशत पानी हुने गर्छ ।
पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ। पानी कुनै रोगको उपचार नभए पनि यसले पेटको सफाइ गर्ने काम गर्छ।
बिहान उठेर पानी पिउनुका फाइदाहरु
- बिहान सबेरै खाली पेटमा मनतातो पानी पिउँदा हाम्रो शरिरमा भएको टक्सिन सफा भई रगत शुद्ध बनाउँछ । र राम्ररी रक्तसञ्चार हुन पाउँछ ।
- यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउन शुरु गरिहाल्नुस् । यसबाट तौल कम गर्न सकिन्छ ।
- बिहानै उठेर पानी पिउँदा शरीरको रगत समेत सफा हुन्छ ।
- शरीरले पोषक तत्व सजिलै प्राप्त गरी पाचन प्रक्रिया पनि राम्रो हुन्छ।
- बिहान उठेर पानी अवश्य पिउनुस् किनकी बिहान हाम्रो दिमाग शान्त हुन्छ । यतिखेर दिमागलाई भरपूर अक्सिजन प्राप्त भएर ताजा भइरहेको हुन्छ । पानी पिउँदा दिनभरि तनावबाट राहत प्राप्त हुन्छ ।
- खाली पेट पानी पिउँदा हाम्रो शरीरको तापक्रम पनि नियन्त्रणमा रहन्छ ।
- बिहानै उठेर पानी पिउने प्रक्रिया नियमित पानी पिएमा छालामा कान्ति आउँछ । चमक थपिन्छ ।
- शरीरका मांसपेशी पनि बलियो हुन्छ । कोशिका निर्माण हुँदै जान्छ ।
- खाली पेटमा पानी पिउँदा मेटाबोलिजम् सक्रिय हुन्छ ।
- रुघाखोकी लागेको बेला पर्याप्त मनतातो पानीले ओखतिको रुपमा काम गर्छ ।
- बिहानै उठेर पानी पिएमा कब्जियतको समस्याबाट छुट्कारा मिल्छ ।
- बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ ।
- महिलाहरुको महिनावारी समेत समयमै हुन्छ ।
- बिहानै पानी पिउने गर्नाले भोक बढ्छ अरुची हुने समस्या हट्छ ।
- मृगौलासँग सम्बन्धित समस्या, टाउको दुखाई, पेटको समस्या सजिलै हट्छ ।
[sidebar name="button post"]