तीन सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

२ माघ, काठमाण्डौ।साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रतितोला आज ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

त्यस्तै तेजावी सुन तोलाको ९१ हजार ‍९०० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो।शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

[sidebar name="button post"]