Ad #144479

२ माघ, काठमाण्डौ। सरकारले आज आइतबार (माघ २ गते)देखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने तयारी गरेको छ । तत्काल दुई चरणमा बुस्टर डोज खोप दिने सरकारको योजना छ ।

जसमा पहिलो चरणमा आजदेखिनै अग्रपंक्तिमा खटिने व्यक्तिहरुले बुस्टर डोज लगाउन पाउनेछन् । यस्तै, दोस्रो चरणमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप लगाउन सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ ।

मन्त्रालयका अनुसार यसअघि पूर्ण मात्रा खोप लगाइसकेको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिइने छ । बुस्टर डोजमा पहिले लगाइएकै खोप दिइनेछ ।