सेयर बजार ३२ अंकले बढ्यो

१९ पौष, काठमाण्डौ। साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक ३२.०३ अङ्कले बढेर २ हजार ६१६.९४ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २३० कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ। यस कम्पनीको २८ करोड ४४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ हजार २ सय ४९ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : अपि पावर र शिभम सिमेन्टको भएको छ ।

सोमबार सबै भन्दा बढी मध्ये भोटेकोशी जलविद्युत र गुराँस लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने रुरु जलबिद्युत र नेपाल बंगलादेश बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।

[sidebar name="button post"]