थप ३२६ जनामा कोरोना संक्रमण

१९ पौष, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार ७ सय जनामा पीसीआर परीक्षण गरिएकोमा २९१ जनामा र २ हजार ७९८ जनामा एन्टीजेन परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाबाट मृत्यु भएको छ भने २५५ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशमा हालसम्म ५ हजार ५ जना सक्रिय संक्रमित रहेका छन् ।

[sidebar name="button post"]