नेपाल बङ्गलादेश बैंकको लाभांश घोषणा

२४ असोज, काठमाण्डौ। नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको फाइदाबाट लाभांश प्रस्ताव गरेको छ।

बैंकको आइतबार बिहान बसेको ३७५ औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीका १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि तीन दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

बैंकको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमादन भएपछि मात्रै सेयरधनीले पाउनेछन्।