Ad #144479

२४ असोज, काठमाण्डौ। महिला लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तको २२ असोजमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन् ।