मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्यमा उच्च गिरावट

१८ असोज, काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ३८ प्रतिशतले गिरावट आएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ८८५ मा झरेको हो ।

कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । कम्पनीको शेयर कारोबारमा आएदेखिनै सकारात्मक सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो ।

[sidebar name="button post"]