१८ असोज, काठमाण्डौ। काठमाण्डौमा विभिन्न स्थानमा दशैं नजिकिएसँगै पाकेटमारी र चोरी गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । साेमबार प्रहरीले सवारीसाधन र बजारमा पाकेटमारी तथा चोरी गर्ने कार्यमा संलग्न रहेका २०७ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।
काठमाण्डौका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरु र किनमेल गर्न बजारमा गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएकाे हो ।
प्रहरीका अनुसार पक्राउ परेका २०७ जनामध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जना अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय, काठमाण्डौले कारागार चलान गरेको हो ।
यस्तो छ पाकेटमारले प्रयोग गर्ने सांकेतिक भाषाः
पैसाः द
मोवाइलः कान
पाकेटमारी सकेको मान्छेः रामे
पाकेटमारका मास्टरः काशी
पैसा धेरै छः टानको द
पैसा थोरैः जुटको द
गाडीः काँचा
केटाः छापा
केटीः भद्री
पुलिस आयोः ठुल्दाई आयो
ड्राइभरः माम
खलासीः मले
गाडीबाट झरेर भागः टप्की
गाडीभित्र अगाडि सरः अकल जा
गाडीभित्र पछाडि सरः चिछल जा ।











