Ad #144479

१ भदौ, काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज चार सय रुपैयाँले बढेर ९१ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार १० रूपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।