चार सयले घट्यो सुनको मूल्य

२७ श्रावण, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले घटेर ८८ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।