विद्युत प्राधिकरणमा कुलमानको कमब्याक

२७ श्रावण, काठमाण्डौ। नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् । उनले आज बुधवार दिउँसो साढे १ बजे विद्युत् प्राधिकरणमा पुगेर पदबहाली गरेका हुन् ।

ऊर्जा मन्त्रालयमा नियुक्तिपत्र बुझेर कुलमान प्राधिकरण पुगेका थिए । ४ वर्षे कार्यकाल पूरा गरेर गत वर्ष अवकाश भएका घिसिङले पदभार सम्हालिसकेका छन् ।

उनको स्वागतमा प्राधिकरणमा विशेष तयारी गरिएको थियो ।