३१ असार, काठमाण्डौ। साताको पाँचौ कारोबारको दिन बिहीबार सुनको मूल्य बढेको छ।
गत बुधबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ५०० रुपैयाँले वृद्धि हुँदै ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै तेजाबी सुनको मूल्य समेत बिहीबार ५०० रुपैयाँले नै वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।












