२४ असार, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य थप १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ३०० रुपैयाँ पुगेको हो । गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुनको मूल्य समेत १०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य भने बिहीबार प्रतितोला १० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज एक हजार ३१० रुपैयाँमा झरेको छ ।
[sidebar name="button post"]











