१३ असार, काठमाण्डौ। नेपाली बजारमा आज सुन तोलामा २ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ।
त्यस्तै तेजावी सुन ९० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।
गत शुक्रबार छापावाल सुन ९० हजार ५ सय रुपैयाँ, तेजावी ९० हजार रुपैयाँ र चाँदीको भाउ १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदीको भाउ १ हजार ३०५ रुपैयाँ कायम गरिएको छ ।
[sidebar name="button post"]









