तोलामा ३०० ले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

२७ जेष्ठ, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजाबी सुन पनि तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी गत बुधबारको मूल्यमा ५ रुपैयाँले वृद्धि हुँदै आज प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको छ ।