१८ जेष्ठ, काठमाण्डौ। सेयर बजार नेप्से परिसूचकमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार ११.६८ अंकले नेप्से घट्दै २ हजार ७ सय ७१ दशमलव १५ अंकमा झरेको छ । आज प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ३.६९ अंकले घटेर ४९६.८६ विन्दुमा झरेको छ ।
आज विकास बैंक र फाइनान्स बाहेक सबै जसो समूहहरु तथा उप समूहहरु ऋणात्मक रहेका छन् । कुल २१६ कम्पनीका एक करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर ९८ हजार ६०७ पटक कारोबार हुँदा जम्मा कारोबार रकम भने ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँमा कारोबार भएको छ ।
[sidebar name="button post"]











