सेयर बजारमा हालसम्मकै उच्च कारोबार, एकैदिन १३ अर्बको कारोबार

१० जेष्ठ, काठमाण्डौ। नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड राखेको छ। पछिल्लो समय दैनिकजसो नयाँ रेकर्ड बनाउँदै आएको बजारले आज पनि रेकर्ड बनाएको हो ।

सोमबार १३ अर्ब १७ करोड ५३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बजार नेप्से परिसूचक ३ दशमलव ०७ अंकले बढेर २८२३.६ बिन्दुमा अडिएको छ । पाँच वटा समुहमा हरियाली छाएको छ भने बाँकी समुह घटेको छ ।

४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । बरुण हाइडोपावरको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर प्रतिसेयर ४ सय ४२ रुपैयाँ कायम भएको छ ।

हाइड्रोइलेक्टिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका सबैभन्दा बढी कारोबार भएको छ । यसको १ अर्ब २५ करोड बढीको सेयर खरिद बिक्रि भएको हो ।

[sidebar name="button post"]