७ वैशाख, काठमाण्डौ। नेपाली बजारमा साताको तेस्रो दिन मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले गिरावट आएको छ ।
हिजो सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
[sidebar name="button post"]











